Garima Bikas Bank
काठमाण्डौ । गरिमा विकास बैंकले सुर्खेत जिल्लाको वीरेन्द्रनगर, बाँकेको चप्परगौडी, लमजुंगको बेंसीशहर र नुवाकोटको बट्टार गरी चार शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।
शुक्रबार ती क्षेत्रमा कार्यक्रमहरु आयोजना गरी शाखा कार्यालयको औपचारिक उद्घाटन गरिउको हो ।
बीरेन्द्रनगर शाखा कार्यालयको उद्घाटन बीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, चप्परगौडी शाखाकार्यालयको उद्घाटन नेपाल राष्ट्रबैंक नेपालगञ्ज कार्यालयका नायबनिर्देशक नारायण पोखरेल, बेंसीशहर शाखा कार्यालयको उद्घाटन बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र बट्टार शाखा कार्यालयको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले गरेका बैंकले जनाएको छ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटासहित देशभर ७२ शाखा र १८ वटा एटीएम संचालनमा छन् ।
विकास बैंकले निकट भविष्यमा नै पर्साको बीरगञ्ज, चितवनको मिलनचोक, दाङको तुल्सीपुर र कास्कीको हेम्जा सहित देशका विभिन्न स्थानहरुमा १९ शाखा कार्यालयहरु स्थापना गर्दैछ ।
चैत १४ गतेसम्म यो विकास बैंकले रु.२९ अर्ब ५० करोड निक्षेप संकलन गरी २५ अर्ब १० करोड कर्जा लगानी गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago