काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले सोमबार एकैसाथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी ६ शाखाको उद्घाटन गरी कारोबार शुभारम्भ गरेको छ । 

काठमाडौं उपत्यकामा काँडाघारी, बनस्थली र थानकोट शाखाबाट कारोवार शुभारम्भ गरिएको हो भने काठमाडौं उपत्यकाबाहिरमा बाग्लुङ्ग बजार, कपिलबस्तुको तौलिहवा र धनगढीको सेतोपुलमा नयाँ शाखा खोलिएको बैंकले जनाएको छ ।

तौलिहवा शाखाको उद्घाटन संघीय संसदका सांसद बृजेशकुमार गुप्ताले गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीको समेत उपस्थिति रहेको उक्त समुद्घाटन कार्यक्रममा प्रमुखकार्यकारी अधिकृतले बैंकको बारेमा मन्तब्य राखेका थिए ।

यसैगरी, काठमाडौं उपत्यकामा रहेका काँडाघारी वीरेन्द्रचोक शाखाको संचालक लङ्कबहादुर के.सी., बनस्थली खरिबोट शाखाको संचालक गौतमप्रसाद खनालले उद्घाटन गरे भने थानकोट शाखाको चन्द्रागरी नगरपालिकाका मेयर घनश्याम गिरी र बैंकका संचालक बिनितकुमार अग्रवालले संयुक्त रुपमा उद्घाटन गरे ।

साथै सेतोपुल धनगढी शाखाको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र बैंकका चिफ बिजनेस अफिसर कल्याण पाँडेले संयुक्त रुपमा र बाग्लुङ्ग शाखाको बाग्लुङ्ग उद्योग बाणिज्य संघका अध्यक्ष युवराजजङ्ग राजभण्डारीले उद्घाटन गरे । बाग्लुङ्ग शाखा उद्घाटन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यको उपस्थिति रहेको थियो । 

नयाँ खोलिएका शाखाहरुबाट ती क्षेत्रका सर्वसाधारण तथा उद्यमीव्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधालगायत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा सहज र सरल रुपमा उपलब्ध गराइने बताइएको छ । 

आज उद्घाटन भएका शाखाहरु समेत जनता बैंकको शाखा संख्या १४१ पुगेको छ भने काठमाण्डौ उपत्यकामा मात्र शाखा संख्या २३ पुगेको छ । 
यससँगै जनता बैंक शाखा संजालको हिसाबले निजी क्षेत्रको बाणिज्य बैंकहरु मध्ये चौथो ठूलो बैंकको रुपमा स्थापित भएको छ भने समग्रमा सातौ ठूलो बाणिज्य बैंक बन्न सफल भएको छ ।

यि शाखाहरु अतिरिक्त बैंकले ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १०५ एटिएमहरु मार्फत उच्च स्तरीय बैंकिङ्ग सेबा पुर्याउदै आइरहेको छ ।