NIC Asia Bank Limited
काठमाण्डौ । सबै संभावित बजारहरुमा आफ्नो सेवा पुर्याउने उद्देश्यले शाखा बिस्तारमा आक्रामक बनेको एनआइसी एशिया बैंक नयाँ प्रडक्टहरु ल्याउने कार्यमा समेत निकै अगाडि देखिएको छ ।
बैंकले ग्राहकहरुको हितलाई ध्यानमा राखी एकपछि अर्को गर्दै लोकप्रिय बचत योजना तथा स्किमहरु सार्वजनिक गर्न थालेको हो ।
यही क्रममा बैंकले फेरि अर्को आकर्षक बचत योजना सार्वजनिक गरेको छ ।
बैंकले सर्वाधिक उच्च ब्याजदर वार्षिक १० प्रतिशत दिनेगरी ‘समुन्नति प्लस बचत खाता’को आकर्षक योजना संचालनमा ल्याएको हो ।
यसअघि ‘समुन्नति बचत खाता’ र सर्वाधिक उच्च ब्याजदरका साथमा ‘समुन्नति मुद्धती खाता’ संचालनमा ल्याइसकेको बैंकले ‘समुन्नति प्लस बचत खाता’ पनि ग्राहकको रोजाईमा पर्ने विश्वास व्यक्त गरेको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेका अनुसार समुन्नति बचत खाता र समुन्नति मुद्धती खातालाई ग्राहकहरुले औधी रुचाएकोले तिनै योजनामा केही सुधार गरी नयाँ योजना सार्वजनिक गरिएको हो ।
‘समुन्नति प्लस बचत खाता’मा न्यूनतम मौज्दात १० हजार रुपैयाँ हुनुपर्नेछ । यो खाता खोल्ने ग्राहकले लकर सेवामा ५० प्रतिशत छुट, निःशुल्क मोवाइल बैकिङ, इन्टरनेट बैकिङ र डिम्याट खाता खोल्न पाउने बैंकले जनाएको छ ।
त्रैमासिक रुपमा ब्याज भुक्तानी दिइने यो खातामा निःशुल्क डेबिट कार्ड पनि उपलब्ध गराइने बैंकले प्रष्ट पारेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago