काठमाण्डौ । मर्सिडिज बेन्ज इन्डियाले बुधबार एएमजी ईक्यूएस ५३ पफर्मेन्स इलेक्ट्रिक भेहिकल (ईभी) लन्च गरिएको छ।

२५० किलोमिटर प्रतिघन्टाको टप स्पिड रहेको यो कारले ३.४ सेकेन्डमा ० देखि १०० किमी प्रतिघन्टासम्मको गति लिन सक्छ। यसलाई गत वर्ष विश्व बजारमा ल्याएको थियो। यो अब ईक्यूसीपछि भारतमा मर्सिडिजको दोस्रो अल–इलेक्ट्रिक कार हो। जब कि ईक्यूएस ५८० यस वर्षको अन्तमा कम्प्लिट नक्ड डाउन) (सीकेडी) रुटमार्फत भारतीय बजारमा लन्च गरिनेछ। ईक्यूएस फ्ल्यागसिप एस–क्लास सेडानमा आधारित कार हो।

लुक र डिजाइन

फ्रन्ड बोनटले विंग्सहरुलाई ओभरल्याप गर्दछ। एएमजी स्पेसिफिक ब्ल्याक प्यानल ग्रिलमा भर्टिकल स्ट्रट्स, ग्लास ट्रिमका साथ हाई ग्लास ब्ल्याकमा फ्रन्ट स्प्लिटर पाइनेछ। यसका साथै डिजिटल एलईडी हेड लाइट, कम रोलिङ रेजिस्टेन्सका साथ २१ इन्च अलोय ह्विल्स पाइनेछ। 

यसको ढोका फ्लश फिचरका साथ आउनेछ। जुन ह्यान्डल छोएपछि बाहिर निस्कन्छ। थ्रीडी हेलिक्स डिजाइनमा एलईडी ल्याम्पसहितको फ्लस टेल गेट, टेलगेटमा रहेको स्टार ब्याजजस्ता फिचरले यसको सौन्दर्य थपिएको छ।

केबिन र फिचर्स

मर्सिडिज एएमजी ईक्यूएस ५३ को क्याबिनको सबैभन्दा ठूलो विशेषता भनेको गोरिल्ला ग्लास भएको ५६ इन्चको एमबीक्यूएक्स हो। यसले थ्रीडी नक्सा, इन–कार गेमिङ कार्यक्षमता, क्यामेराबाट फिडहरू र अन्य धेरै कुरा प्रदान गर्दछ। ती सबै आर्टिफिसियल इन्टेलिजेन्समार्फत काम गर्छन्।

यो एएमजी भएको हुनाले यस मोडलमा फ्ल्याट बटमसहितको एएमजी–विशिष्ट स्टेयरिङ ह्विल, नाप्पा लेदर सिट, एमबीयूएक्स रियर सिट ट्याब्लेट, हेपा फिल्टरसहितको इनर्जिजिङ एयर कन्ट्रोल प्लस, १५ स्पिकर र ७१० वाटको बर्मेस्टर थ्रीडी सराउन्ड सिस्टम, एक्टिभ एम्बियन्ट छन्। 

मर्सिडिज एएमजी ईक्यूएस ५३ को प्रतिस्पर्धा

भारतमा यो ईभीको एक्स शोरुम मूल्य भारु २.४५ करोड तोकिएको छ। यो मूल्यसँगै एएमजी ईक्यूएस ५३ भारतको सबैभन्दा महँगो र फराकिलो दायराको ईभी भएको छ। एकपटक चार्जमा यो कारमा ५२९ देखि ५८६ किलोमिटरको यात्रा गर्न सकिन्छ। 

मर्सिडिज एएमजी ईक्यूएस ५३ हाल भारतीय बजारमा अन्य ईभीभन्दा महँगो छ। यसले पोर्स टायकान टर्बो एस र अडी आरएस ई–ट्रोनजस्ता लक्जरी इलेक्ट्रिक कारसँग प्रतिस्पर्धा गर्नेछ। –एजेन्सी