काठमाण्डौ । ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा लिने स्वरोजगार बन्ने शिक्षित युवाको संख्या अत्यन्त न्यून देखिएको छ ।
नेपाल राष्ट्रबैंकका अनुसार चैत मसान्तसम्म क वर्गका वित्तीय संस्थाबाट ६ जनाले मात्र शिक्षित युवा स्वरोजगार कर्जा लिएका छन् ।
बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कर्जाको रुपमा व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा प्रवाह भएको छ । समीक्षा अवधिसम्म यस्तो कर्जा क वर्गका बैंकबाट १४ हजार २१२, ख वर्गका बैंकबाट ४२३ र ग वर्गका वित्तीय संस्थाबाट ४ जनालाई प्रवाह भएको छ ।
विदेशबाट फर्किएका युवा परियोजना कर्जा पनि न्यून संख्याले मात्र उपभोग गरेका छन् । यस्तो खालको कर्जा चैत मसान्तसम्म ११ जनाले मात्र लिएका छन् ।
महिला उद्यमशील कर्जा क र ख वर्गका बैंकबाट १७० जनाले, दलित समुदाय व्यवसाय विकास कर्जा १५ जनाले, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा कुल ५५ जनाले लिएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago