काठमाण्डौ । बेलायतमा कोरोनाभाइरस फैलनुुअघिसम्म इञ्जिनियर, सेफ र वेइटर जस्ता काम गर्नेहरु यतिबेला बेलायतका खेतहरुमा काम गरिरहेका भेटिन्छन् ।
कोरोनाभाइरसका कारण बेलायतका रेष्टुुराँ, निर्माण कार्य र स्टोरहरु बन्द भएपछि फुुर्सदिला बनेका उनीहरुलाई बेलायत सरकारले खेतमा काम गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावालाई स्वीकार गर्दै हजारौं व्यवसायिक कामदारहरु खेतमा काम गर्न राजी भएका छन् ।
बेलायत सरकारले उनीहरुलाई खेतबाट साग काट्न, बेरिज् टिप्न र तरकारी र फलफुुलहरुलाई कोल्ड स्टोरेज सम्म लोड गरेर लैजाने काम दिएको छ ।
अधिकांश मानिसहरु घरमै बसेर अनलाइनबाट ग्रोसरी सामानहरु अर्डर गरिरहेका बेला आपूर्ति श्रृंखलालाई चुुस्त दुुरुस्त पार्न बेलायत सरकारले कामविहीन बनेकाहरुलाई यसको सहजताका लागि प्रयोग गरिरहेको छ ।
बेलायतमा कोरोना संक्रमण एकलाख असी हजार पुुगिसक्दा यहाँका किसानहरुले पूर्वी युुरोपियन आप्रवासी कामदारहरुको स्पिङ कटको सामना गरिरहेका छन् । उनीहरुले खेतमा काम गर्ने कामदारको अभावको सामना गरिरहेका छन् । यो अभावलाई कम गर्न बेलायत सरकारले कामविहीन बनेका अन्य क्षेत्रका कामदारहरुलाई कृषिजन्य उत्पादनका लागि प्रयोग गरिरहेको छ ।
खेतमा काम गर्न खटिएका कामदारहरुले पनि आफूहरु कामविहीन बनेका बेला सरकारले गरेको प्रस्तावले आफूहरुलाई सक्रिय रहन र पैसा आर्जन गर्न सजिलो भएको बताएका छन् । उनीहरुले लकडाउनले घरभित्रै कुुँजिएर बस्नुुभन्दा यसरी खेतमा काम गर्दा फिट पनि भइने र रमाइलो पनि हुुने बताएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago