काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ५९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा २५.२६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब २७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। 

यो अवधिसम्म कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत १६ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा ५५.२२ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिसम्म यस्तो आय १० करोड ३८ लाख रुपैयाँ गरेको थियो।

चौथो त्रैमाससम्म कम्पनीले पुनर्बीमा कमिसन आयबापत ५९ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आय ७३ करोड १६ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्ष सोही अवधिको तुलनामा १.७६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च १३.१९ प्रतिशतले बढेर ६८ करोड ३० लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म व्यवस्थापन खर्च ६० करोड ३४ लाख रुपैयाँ रहेको थियो।

चौथो त्रैमाससम्म कम्पनीको खुद नाफा ४६.५६ प्रतिशतले बढेको छ। कम्पनीले समीक्षा अवधिसम्म ४० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिसम्म २७ करोड ५० लाख रुपैयाँमा सीमित थियो। 

यो अवधिसम्म कम्पनीको बीमा कोषको आकार बढेर १ अर्ब ५३ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कोषमा १ अर्ब ३३ करोड रुपैयाँको थियो। जगेडा तथा कोषको आकार भने २३.८९ प्रतिशतले घटेर ५९ करोड ६९ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म जगेडामा ७८ करोड ४३ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिसम्म कम्पनीले २ लाख ९८ हजार ६६ वटा बीमालेख जारी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्ममा कम्पनीले २ लाख ६२ हजार ५९८ वटा बीमा लेखा जारी गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको ईपीएस घटेर १५.१९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २१.८ रुपैयाँ कायम भएको थियो। पीई रेसियो ५५.६४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १८५.८९ रुपैयाँ रहेको छ।