काठमाण्डौ । निर्जीवन बिमा कम्पनीमध्येकै आकर्षक शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ४३ करोड १६ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ३६ करोडमा सीमित थियो । यो हिसाबले शिखरको खूद नाफा १९.८९ प्रतिशतले बढेको देखिएको छ । 

समीक्षा अवधिमा कम्पनीले १ अर्ब ७७ करोड बढी खूद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष बिमाशुल्कबाट १ अर्ब ४१ करोड रुपैयाँ आर्जन गरेको थियो । 

कम्पनीको पुनर्बिमा कमिसनबाट हुने आय २७ करोड ९७ लाखबाट बढेर ३५ करोड ३४ लाखको उचाईमा पुगेको छ । यस्तै, लगानी कर्जा तथा अन्यबाट हुने आय १४ करोड १४ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ७ करोड ७४ लाखमा सीमित थियो । 

शिखरले समीक्षा अवधिमा ९६ करोड ८८ लाख खूद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ६५ करोड ३५ लाख थियो । 

सेवाशुल्क र व्यवस्थापन खर्च ह्वात्तै बढेको देखिएको छ भने कम्पनीले २ लाख ९३ हजार ८ सय ७५ बिमालेख जारी गरिसकेको छ । अघिल्लो वर्षको यही अवधिसम्म २ लाख ६४ हजार ७ सय २५ बिमालेख मात्र जारी गरेको थियो । 

शिखरको जगेडाकोष भने घटेको छ । अघिल्लो वर्ष २६ करोड  ६६ लाख रहेको कोष घटेर यो वर्ष २४ करोड २७ लाख मात्र जम्मा भएको छ । 

समीक्षा अवधिमा कम्पनीको बिमाकोष ६३ करोड ५३ लाखमा सीमित बिमा कोष बढेर ८५ करोड ११ लाखको उचाईमा पुगेको छ भने महाविपत्ति कोष ५ करोड २९ लाखमै सीमित छ ।

यो अवधिमा शिखरको प्रतिसेयर आम्दानी ४०.८२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०८.४६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.१३ गुणा कायम भएको छ ।