काठमाण्डौ । चालु आर्थिक वर्षको फागुन महिनासम्म शोधनान्तर स्थिति रु.५८ अर्ब ९९ करोडले घाटामा रहेको छ ।
माघ मसान्तसम्म शोधानान्तर ४९ अर्ब ३२ करोड रुपैयाँले घाटामा थियो ।
अघिल्लो वर्षको फागुन मसान्तसम्म शोधनान्तर स्थिति रु.२४ अर्ब ७३ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको आठ महिनामा २४ करोड १४ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५१ करोड ८१ लाखले घाटामा रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।
देशमा भित्रिने भन्दा बाहिरिने रकमको अन्तर बढ्नु नै शोधानान्तर घाटा हो ।
समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई रु.१९१ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.१५४ अर्ब ९९ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको आठ महिनामा १ अर्ब ५१ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ६८ करोड पुगेको छ ।
यस्तै, विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई रु.५८२ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।
यसैबीच, आर्थिक वर्ष २०७५÷७६ को आठ महिनामा कुल वस्तु व्यापार घाटा २४.५ प्रतिशतले विस्तार भई रु.८८७ अर्ब ८८ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.५ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.० प्रतिशत रहेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago