काठमाण्डौ । सम्पूर्ण विश्वको अर्थतन्त्र कोरोनाभाइरसका कारण तहसनहस भइरहेका बेला साउदी अरब पनि यसबाट अछुुतो रहन सकेको छैन।

विश्वका धनाढ्य देशको सूचीमा पर्ने साउदी अरबका जनताले पनि कोरोनाका कारण अब आउने दिनहरुमा कठिनाइको सामना गर्नुुपर्ने देखिएको छ। यस्तोमा साउदी अरबका निजी कम्पनीहरुलाई कर्मचारीको तलबमा ४० प्रतिशतसम्मको कटौती गर्न सक्ने अधिकार दिइने भएको छ। 

साउदी अरबको प्रमुुख अखबार अशराक अल अवसातमा प्रकाशित समाचारअनुुसार आर्थिक संकटलाई मध्यनजर गर्दै साउदी अरबमा काम गरिरहेका कामदारहरुको कन्ट्रयाक्ट पनि रद्द गर्न सकिनेछ। साउदी अरबको मानव संसाधन र सामाजिक विकास मन्त्रालयले श्रम कानुनमा परिवर्तन गर्नका लागि प्रक्रिया सुरु गरेको उक्त अखबारमा उल्लेख गरिएको छ। 

श्रम कानुुनमा गरिने यो परिवर्तनपछि निजी कम्पनीहरुले आफ्नो कर्मचारीहरुको तलबमा अघिल्लो ६ महिनासम्मका लागि ४० प्रतिशत सम्म कटौती गर्न सक्नेछन्। नयाँ नियमका अनुुसार कोरोनाभाइरसको महामारीको ६ महिनापछि कम्पनीहरुलाई कामदारहरुसँगको कन्ट्रयाक्ट पनि रद्द गर्न सक्ने अधिकार प्राप्त हुुनेछ।

तथापि रोजगारदाता कम्पनीले कन्ट्रयाक्ट रद्द गर्न हतारो नगरुन् भनेर कामदारहरुको तलब र भत्तालाई सहयोग पुुर्याउन उनीहरुलाई सरकारी अनुुदान र सहयोगको या त सरकारी शुुल्कमा छुुट प्रदान गरिनेछ। कन्ट्रयाक रद्द गर्नुुपूर्व तीनवटा सर्तहरु राखिएका छन्। पहिलो सर्त – तलबमा कटौती गर्ने फैसला गरेको ६ महिना पुुगेको हुुनुुपर्ने। दोस्रो सर्त – कामदारको सम्पूर्ण बिदाहरु सिकिएको हुुनुुपर्ने र तेस्रो सर्त – कम्पनीले कोरोनाभाइरसका कारण कम्पनीमा आर्थिक संकट उत्पन्न भएको प्रमाण पेस गर्नुुपर्ने। 

साउदी मन्त्रिमण्डलको यो फैसलामाथि साउदी सरकारको मोहर लाग्न बाँकी रहेको छ। सरकारको अनुुमतिपछि यसलाई लागू गरिनेछ। 

साउदी अरबको श्रम नियममा आउने यस्तो परिवर्तनले त्यहाँ रहेका हजारौँ नेपाली कामदारहरु पनि प्रभावित बन्न सक्ने देखिएको छ। – एजेन्सी