काठमाण्डौ । आर्थिक संकटमा फसेको श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजित निभार्ड काब्रालले राजीनामा दिएका छन्। 

गभर्नर काब्रालले राष्ट्रपति गोटाबाया राजापक्षेसमक्ष राजीनामा बुझाएका हुन्। उनले ट्विट गर्दै भनेका छन्, ‘देशका सबै क्याबिनेट मन्त्रीहरुको राजीनामालाई ध्यानमा राख्दै मैले पनि गभर्नर पदबाट राष्ट्रपति राजीनामा दिएको छु।’

आइतबार राति अबेर राति श्रीलंकाका सबै २६ मन्त्रीहरुले तत्काल लागू हुने गरी सामूहिक राजीनामा दिएका थिए। शिक्षामन्त्री तथा संसदीय दलका नेता दिनेश गुणवर्द्धनाले प्रधानमन्त्री महिन्दा राजापक्षेसमक्ष मन्त्रिपरिषद्का सबै मन्त्रीहरुको सामूहिक राजीनामा बुझाएका थिए। तर, उनले यो सामूहिक राजीनामाको कुनै कारण भने खुलाएका छैनन्।