 
                     
                                
                             
                                    काठमाण्डौ । श्रीलंकामा आर्थिक संकट झनै गहिरिँदै गएको छ। जसका कारण श्रीलंकाले ५१ अर्ब डलर विदेशी ऋण समयमै तिर्न नसक्ने भएको छ।
अत्यावश्यक वस्तु आयातका लागि विदेशी मुद्राको सञ्चिती सकिएकाले अन्तिम उपायका रुपमा विदेशी ऋणलाई ‘डिफल्ट’ गरिएको श्रीलंकाको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले ऋणदाताहरु ब्याज रकमलाई मूलधनमा जोड्न वा श्रीलंकाको मुद्रामा भुक्तान लिन स्वतन्त्र रहेको जनाएको छ।
देशको आर्थिक अवस्थालाई थप बिग्रिन नदिन यस्तो कदम उठाइएको श्रीलंकाको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय मुद्रा कोषको राहत प्याकेज कार्यान्वयन गर्नुअघि सबै ऋणदाताहरुको भुक्तानीलाई ‘डिफल्ट’ गरिएको र यसमा कुनै पनि भेदभाव नगरिएको जनाएको छ।
अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीहरुले गत वर्ष श्रीलंकाको क्रेडिट रेटिङ निकै नै कम गरे। जसका कारण श्रीलंकालाई विदेशी पुँजी बजारबाट ऋण लिन लगभग असम्भवजस्तै भयो।
श्रीलंकाले भारत र चीनबाट आर्थिक सहायताको माग गरेको थियो। तर, दुवै देशले ऋणको साटो अत्यावश्यक सामान उधारोमा दिने प्रस्ताव गरेका थिए। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19