 
                     
                                
                             
                                    काठमाण्डौ । चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंका सरकारले अर्को झट्का व्यहोर्नुपरेको छ। एक दिनअघि अर्थमन्त्रीमा नियुक्त भएका अली साबरीले राजीनामा दिएसँगै श्रीलंका सरकार अर्को झट्का व्यहोर्नुपरेको हो।
श्रीलंकामा जारी आर्थिक संकट र सरकारविरुद्धको प्रदर्शनका कारण श्रीलंकाको मन्त्रिपरिषद्मा रहेका सबै २६ जना मन्त्रीले आइतबार राति सामूहिक राजीनामा दिएका थिए। भोलिपल्टै अर्थात सोमबार श्रीलंका सरकारले साबरीलाई अर्थमन्त्रीमा नियुक्त गरी सपथ ग्रहण गराएको थियो।
अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्टै मंगलबार अली साबरीले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति साबरीले गोताबाया राजापाक्षेलाई लेखेको पत्रमा ‘अहिलेको अवस्थालाई ध्यानमा राखी यो संकटसँग जुध्न अझ राम्रो व्यवस्था आवश्यक रहेको मेरो धारणा छ। यसमा नयाँ अर्थमन्त्रीको नियुक्ति पनि समावेश छ। यसै कारणले तत्काल लागू हुने गरी राजीनामा दिएको छु’ उल्लेख गरिएको छ।
यसअघिको सरकारमा अली साबरी न्यायमन्त्री थिए । तर, वैशाख ३ गते उनले बाँकी मन्त्रीसहित राजीनामा दिए । त्यसपछि सोमबार उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो। पत्रमा उनले राष्ट्रपति राजापाक्षेले राम्रो व्यक्तिलाई अर्थमन्त्री बनाउन चाहेमा आफ्नो संसदीय सिट पनि त्याग्न तयार रहेको उल्लेख गरेका छन्। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19