 
                     
                                
                             
                                    काठमाण्डौ । श्रीलंकामा संकटकाल हटाइएको छ।
राष्ट्रपति गोटाभाया राजापक्षेले संकटकाल हटाइएको घोषणा गरेका हुन्। अवस्था बिग्रिँदै गएपछि उनले यसअघि संकटकाल लगाउने निर्णय गरेका थिए। तर, अहिले उनले उक्त निर्णय रद्द गरेका छन्।
श्रीलंकामा अप्रिल ४ बाट संकटकाल घोषणा गरिएको थियो। आर्थिक मन्दीका कारण जताततै हिंसा सुरु भइसकेको अवस्थामा राष्ट्रपतिले स्थिति नियन्त्रणका लागि संकटकाल लगाउने निर्णय गरेका थिए। तर, अहिले सोही संकटकाल हटाउने निर्णय गरिएको छ। यसका पछाडि के कारण छन्, त्यो भने अझै खुल्न सकेको छैन।
श्रीलंकामा मुद्रास्फीति उत्कर्षमा पुगेको छ र जनताको धैर्यको बाँध टुट्दैछ। डिजेल लिन लामो लाइन बस्नुपर्ने र मट्टीतेलका लागि घन्टौँ कुर्नुपर्ने अवस्था छ। कागजको अभावका कारण विद्यार्थीको परीक्षा रद्द भएका छन्।
पूरै मन्त्रिपरिषद्ले राजीनामा दिएपछि अवस्था बिग्रिँदै गएको अनुमान गर्न सकिन्छ। प्रधानमन्त्रीका छोराले पनि पद छाड्ने निर्णय गरेका छन्। श्रीलंकामा अब सर्वदलीय सरकार गठन हुन सक्ने बताइएको छ। जसमा विपक्षी दलका नेताहरुको पनि सक्रिय सहभागिता रहनेछ।
अहिले श्रीलंकामा राजनीतिक उथलपुथल तीव्र भएको छ। किनकि श्रीलंकाको स्थिति नियन्त्रण बाहिर गइरहेको देखिन्छ।
श्रीलंकामा लामो समयदेखि विद्युत् कटौतीले देशको सञ्चार सञ्जाल प्रभावित भएको छ। भारी ऋण र घट्दै गएको विदेशी सञ्चितिका कारण श्रीलंकाले अहिले आयातको खर्च पनि तिर्न असमर्थ भएको छ। जसका कारण मुलुकमा इन्धनलगायत धेरै वस्तुको अभाव भएको छ।
कोभिड महामारीले श्रीलंकाको अर्थतन्त्रमा ठूलो चोट पुर्याएको छ। सरकारले विगत २ वर्षमा १४ बिलियन डलर नोक्सान हुने अनुमान गरिएको छ।
भारी ऋणका कारण श्रीलंकाको अर्थतन्त्रको यस्तो अवस्था भएको विज्ञहरुको भनाइ छ। त्यसमाथि अहिले श्रीलंकाको विदेशी मुद्रा सकिँदै गएकाले अन्य मुलुकबाट सहयोग खोज्ने पहल पनि फितलो देखिएको छ। –एजेन्टी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19