 
                     
                                
                             
                                    काठमाण्डौ। आर्थिक संकटको घेराबन्दीमा परेको श्रीलंकामा अत्यावश्यक औषधिको चरम अभाव हुन थालेको छ।
श्रीलंकाका चिकित्सकहरुले जीवन बचाउने अत्यावश्यक औषधिहरुको मौज्दात सकिन लागेको बताएका हुन्। यसले देशको आर्थिक संकटका कारण ज्यान गुमाउनेको संख्या कोरोना महामारीभन्दा भयावह हुन सक्ने उनीहरुले चेतावनी पनि दिएका छन्।
श्रीलंका मेडिकल एसोसिएसन (एसएलएमए) ले देशका सबै अस्पतालहरुमा विदेशबाट आयातीत महत्वपूर्ण औषधि र मेडिकल औजारहरु सकिन लागेको बताएका छन्। औषधि र मेडिकल सामग्रीहरुको अभावका कारण गत महिना श्रीलंकाका धेरैजसो स्वास्थ्य सेवा प्रदायकहरुले नियमित शल्यक्रिया सेवा बन्द गरेका थिए। तर, अहिले अवस्था जटिल बन्दै गएपछि आकस्मिक सेवासमेत बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको एसएलएमएले जनाएको छ।
एसएलएमएलले बिग्रिँदो अवस्थाका बारेमा राष्ट्रपतिलाई अवगत गराउँदै लेखेको पत्रमा भनिएको छ, ‘हामीले एकदमै कठिन निर्णय लिनुपरिरहेको छ। कसलाई उपचार गर्ने र कसलाई नगर्ने भनेर हामीले निर्णय लिनुपर्ने भएको छ। यदि केही दिनभित्र आपूर्ति सहज गरिएन भने औषधिको अभावमा हताहत हुनेको संख्या कोरोना महामारीभन्दा भयावह हुनेछ।’
श्रीलंका यतिबेला सन् १९४८ को स्वतन्त्रतापछिकै नाजुक आर्थिक अवस्थाबाट गुज्रिरहेको छ। चरम आर्थिक संकटका कारण श्रीलंकामा खाद्यान्न, तेल र विद्युतको अभाव उत्कर्षमा छ।
श्रीलंकाको दिनानुदिन बिग्रिँदा आर्थिक अवस्थाका कारण आममानिसको आक्रोश वृद्धि भइरहेको छ। उनीहरु राष्ट्रपति गोटाबाय राजपक्षेको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन्। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19