 
                     
                                
                             
                                    काठमाण्डौ । श्रीलंकामा गम्भीर आर्थिक संकटका बीच राष्ट्रपति गोटाबाया राजपाक्षेले सोमबार १७ सदस्यीय नयाँ मन्त्रिपरिषद् नियुक्त गरेका छन्।
परिवारवादको आरोप लागेका राजपाक्षेले नयाँ मन्त्रिपरिषदमा प्रधानमन्त्री महिन्दा राजपाक्षेबाहेक आफ्ना आफन्तलाई समावेश गरेका छैनन्।
गहिरो आर्थिक संकटका कारण श्रीलंकामा गोटाबायाको राजीनामाको माग बढ्दै गएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार राष्ट्रपति गोटाबायाले सन् २०२० मा रासायनिक मलमाथि प्रतिबन्ध लगाउनु आफ्नो गलत निर्णय भएको स्वीकार गरेका छन्। जसका कारण मुलुकमा खाद्यान्न उत्पादनमा ठूलो गिरावट आएको छ।
गोटाबायाले पनि आफ्नो सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट बेलआउट प्याकेज लिन ढिलो गरेको स्वीकार गरे। ‘आईएमएफमा नजानु गल्ती थियो’, उनले भनेका छन्।
सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंकाले सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ। विदेशी मुद्रा सञ्चितीमा आएको कमीका कारण मुलुकमा खाद्यान्न तथा इन्धनको अभाव भएको र वस्तुको भाउ आकाशिएको छ। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19