 
                     
                                
                             
                                    काठमाण्डौ । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ११ प्रतिशतले हुन आउने ९ करोड ७९ लाख १४ हजार ८३६.७५ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ७.७ प्रतिशतले हुन आउने ६ करोड ८५ लाख ४० हजार १२० रुपैयाँबराबरको बोनस सेयर र ३.३ प्रतिशतले हुन आउने २ करोड ९३ लाख ७४ हजार ७१६.२५ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19