 
                     
                                
                             
                                    काठमाण्डौ । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँको कुल १०.५३ प्रतिशतले हुन आउने ८ करोड ७२ लाख ९७ हजार ३८५.५० रुपैयाँले हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ७.३७ प्रतिशतले हुने ६ करोड १० लाख ९९ हजार ८७९.५० रुपैयाँबराबरको बोनस सेयर र ३.१६ प्रतिशतले हुन आउने २ करोड ६१ लाख ९७ हजार ५०६ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी २६ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19