काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मिस नेपाल श्रृंखला खतिवडालाई ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरेको छ ।
बैंकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ पुस्तालाई बैंकप्रति आकर्षित गर्ने उद्देश्यका साथ मिस नेपाल खतिवडालाई ‘ब्रान्ड एम्बासडर’मा नियुक्त गरिएको बताएको हो ।
खतिवडाको नियुक्तिपछि बैंकप्रति नयाँ पुस्ताको आकर्षण हुने र बैंकिङ सेवालाई अझै प्रभावकारी बनाइने पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।
उनले बैंकलाई स्मार्ट बैंकको रुपमा विकास गराउन व्यवस्थापन नेतृत्व लागिपरेको प्रष्ट्याए ।
कार्यक्रममा बोल्दै मिस नेपाल खतिवडाले मुलुककै ठूलो पूँजी परिचालन गर्न सक्ने बैंकको ‘ब्रान्ड एम्बासडर’ हुन पाउनु आफ्नो लागि गर्वको विषय भएको बताइन् ।
पूर्ण सरकारी स्वामित्वको यो बैंकको देशभर २ सय १० वटा शाखा कार्यालय रहेका छन् । निक्षेप संकलन र कर्जा लगानीमा अन्य बाणिज्य बैकहरुभन्दा अगाडि रहेको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब १२ करोड खुद मुनाफा आर्जन गर्न पनि सफल भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago