काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको सञ्चालक समितिको गत मंसिर २८ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सिराहाको गोलबजार–७ चोहर्वास्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले संस्थाको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। संस्थाको जारी पुँजी वृद्धि गर्ने र सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सोही सभामा गत आर्थिक वर्षका वार्षिक र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित हुनेछन्।