काठमाण्डौ । संकटग्रस्त अवस्थाबाट पार पाएको नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ मा अधिकांश सूचकमा आशालाग्दो प्रगति गरेको छ।

आइतबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत आर्थिक वर्षका लागि १२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ। संस्थाको वितरणयोग्य मुनाफा १ करोड ७० लाख रुपैयाँ रहेको छ। संस्थाको चुक्तापुँजी १३ करोड ५८ लाख रुपैयाँ रहेको छ। यो हिसाबले संस्थाले गत वर्षका लागि १२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको हो। 

यो त्रैमाससम्म संस्थाको १५८.६६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यो अवधिसम्म ८३ लाख २३ हजार रुपैयाँ कमाएको बैंकको नाफा समीक्षा अवधिसम्म बढेर २ करोड १५ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा घटेर ३ करोड ७ लाख रुपैयाँमा सीमित बनेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्म ५ करोड २ लाख रुपैयाँ रहेको थियो।

संस्थाको खुद ब्याज आम्दानी भने बढेर २ करोड ६९ लाख रुपैयाँ भएको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म २ करोड १३ लाख रुपैयाँ रहेको थियो।

संस्थाले समीक्षा अवधिमा २१ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो अवधिमा संस्थाको रिजर्भको आकार ५.७४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष २५ करोड ८३ लाख रुपैयाँको रिजर्भको आकार समीक्षा अवधिमा घटेर २४ करोड ३४ लाख रुपैयाँको भएको छ।

संस्थाले निष्क्रिय कर्जा (एनपीएल) अनुपात ३१.३७ प्रतिशतले घटाउन सफल भएको छ। अघिल्लो वर्ष १०० प्रतिशत रहेको यो अनुपात समीक्षा अवधिमा घटेर ६८.६३ प्रतिशतमा सीमित बनेको छ। अघिल्लो वर्ष ५८ प्रतिशत रहेको सीडी रेसियो घटेर ५६.८१ प्रतिशतमा झरेको छ। यसैगरी संस्थाको आधार दर ५९.३१ प्रतिशत रहेको छ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १५.८६ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ८.०१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्ट १४३.२७ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३८.२२ रुपैयाँ रहेको छ।