jyoti life insurance
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ मा १० करोड ९० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो त्रैमासको अन्तसम्म यो नयाँ बिमा कम्पनीको खूद नाफा ६ करोड ४६ लाखमा सीमित थियो ।
यो जीवन बिमा कम्पनीले २०७४ भदौ १९ गतेदेखि कारोबार सुरु गरेको हो ।
समीक्षा अवधिमा कम्पनीले २७ लाख ७५ हजार बिमा शुल्क आर्जन गरेको छ । लगानी, कर्जा तथा अन्यबाट ३ लाख ४३ हजार आम्दानी गरेको कम्पनीले यो अवधिमा १०० रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
कम्पनीले हालसम्म २८ करोड ५० लाख बढी बिमाशुल्क आर्जन गरेको छ । हालसम्म कम्पनीले ७ हजार ६ सय ९१ बिमालेख जारी गरेको छ ।
यो कम्पनीको जगेडा ७ लाख ४२ हजारबाट बढेर ११ लाख ८६ हजारको उचाईमा पुगेको छ भने ९ लाख ८० हजारमा सीमित जीवन बिमा कोष बढेर १६ लाख माथि पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.७१ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२३.२१ रुपैयाँ कायम भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago