Aasha Micro-Finance
काठमाण्डौ । संचालनमा रहेका बैंक तथा बित्तीय संस्थाहरुको संख्या नै धेरै भइसकेको टिप्पणी भइरहँदा नेपाल राष्ट्रबैंकले भने नयाँ संस्थाहरुलाई संचालन स्वीकृति दिन थालेको छ ।
मौद्रिक नीति आउनुपूर्व चलखेल गरी संचालनको स्वीकृति पाएकामध्ये एक नयाँ लघुवित्त बित्तीय संस्था बिहीबारदेखि संचालनमा आएको छ ।
नुवाकोटको जुरेथुममा स्थापित आशा लघुवित्त बित्तीय संस्थाले बिहीबारदेखि औपचारिक रुपमा कारोबार थालेको हो । यो संस्थाको विधिवत सुरुवात नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले एक समारोहका बीच गरे ।
नयाँ माइक्रोफाइनान्सको विधिवत उद्घाटन समारोहमा बोल्दै गभर्नर डा. नेपालले स्थानीयलाई व्यवसायको सुरुवात गर्न र आर्थिक गतिविधिमा सामेल हुन आग्रह गरेका थिए ।
माइक्रोफाइनान्सको संचालक समिति अध्यक्ष रामबहादुर पाण्डेले मुलुकको ग्रामीण अर्थतन्त्रको विकास र विपन्न वर्गहरुको आर्थिक उत्थानका लागि संस्थाले कटिबद्ध भएर काम गर्ने वचन दिए । उनका अनुसार बित्तीय पहुँच नपुगेका ग्रामीण तथा दुर्गम क्षेत्रमा शाखा बिस्तारका लागि संस्थाले प्राथमिकतामा साथ काम गर्नेछ ।
यो माइक्रोफाइनान्सको चुक्तापूँजी १० करोड हुनेछ र त्यसमध्ये प्रोमोटर समूहबाट ७ करोड जुटेको छ । बाँकी ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी हुनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago