काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीमा रहेको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्ने भएको छ। 

कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्न लागिएको जानकारी गराएको हो। 

कम्पनीले बीमा समितिको स्वीकृतिपछि र १४ औँ वार्षिक साधारणसभाबाट पारित गरी कम्पनीमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम गर्ने निर्णय गरेको छ। यसअघि कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको थियो।

यसैबीच कम्पनीले आफ्नो सेयर परिवर्तन गर्न नचाहेमा वा गर्न इच्छा नभउमा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी गराउन पनि संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको छ। 

तोकिएको समायावधिभित्र सेयर परिवर्तन गर्ने वा नगर्नेसम्बन्धी जानकारी प्राप्त नभएमा प्रचलित कानुनबमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ।