काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विद्यमान संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गर्ने भएको छ।
कम्पनीमा हाल संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर रहेको छ। यसलाई परिमार्जन गर्दै कम्पनीले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्न लागेको हो।
सेयर संरचना परिवर्तनका लागि कम्पनीले बीमा समितिको स्वीकृति पाइसकेको छ भने कम्पनीले २१ औँ वार्षिक साधारणसभाबाट पनि यसम्बन्धी विशेष प्रस्ताव पारित भई प्रबन्धपत्र र नियमावलीमा समेत आवश्यक संशोधन भइसकेको जनाएको छ।
यसैबीच कम्पनीले आज एक सूचना प्रकाशित गरी सेयर स्वामित्व परिमार्जनका क्रममा आफ्नो स्वामित्वको सेयर सर्वसाधारणमा परिमार्जन गर्न नचाहने विद्यामान संस्थापक सेयरधनीहरुलाई ७ दिनभित्र कम्पनीमा लिखित रुपमा जानकारी गराउन आग्रह गरेको छ। आफ्नो हक हिस्सामा पर्ने संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन नगर्ने भनी स्वघोषणा गर्ने सेयरधनीहरुको हक हिस्सा बाँकी रहेका संस्थापकहरुले त्यस्तो सेयरको अनुपात उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ।
यो सूचनाको म्यादभित्र सर्वसाधारण सेयरमा परिवर्तन नगर्ने भनी निवेदन नदिने संस्थापक सेयरधनीहरुको हकको संस्थापक सेयर अनुपात सर्वसाधारण समूहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोहीबमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले स्पष्ट पारेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19