काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले दाङको राजपुर गाउँपालिकाको जंग्रहवामा शाखा स्थापना गरेको छ ।
यु.के.एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा राजपुर गाउँपालिका वडा नं.५ जँग्रहवास्थित शाखाको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले पुस २० गते भव्य समारोहकाबीच उद्घाटन गरेका हुन् ।
हाल यो बैंकको देशभरको शाखा संख्या २७० पुगेको छ । यस्तै, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेका छन् ।
सक्षम यु.के.एडको सहयोगप्राप्त एक्सेस टु फाइनान्स अभियान हो । यसलाई नेपालमा डिएफआइडी नेपालका लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago