काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका २४ औँ वार्षिक साधारणसभा आज बुधबार बस्दैछ।
कम्पनी सञ्चालक समितिको गत असार ८ गते बसेको बैठकले वार्षिक साधारणसभा आज असार ३० गते आयोजना गर्ने निर्णय गरेको थियो। सभा काठमाण्डौको भद्रकालीस्थित कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ११.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। कम्पनीको चुक्तापुँजी १ अर्ब १२ लाख २२ हजार ९०० रुपैयाँ रहेको छ।
सोही सभाले गत आर्थिक वर्षका वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले गत असार १७ गतेदेखि आज असार ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ गत असार १६ गतेसम्म कायम सेयरधनीहरुमात्र कम्पनीबाट प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19