काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले वार्षिक साधारणसभा यही वैशाख २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर बैंक्वेटमा बिहान १० बजेबाट हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुलन २१.०५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६३ प्रतिशत नगद लाभांश छन्।
सभाले चुक्तापुँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सञ्चालक समितिलाई दिइएको सम्पूर्ण कार्य गर्ने अधिकारलाई निरन्तरता दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही वैशाख १६ गतेदेखि वैशाख २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago