काठमाण्डौ । एनआइसी एशिया बैंकको नयाँ शाखा कार्यालय खाँदबारी नगरपालिका वडा नं. ३ स्थित मानेञ्ज्याङ्ग शाखाको नेपाल राष्ट्रबंैकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बिहीबार एक समारोहका बीच उद्घाटन गरे ।
समुद्घाटन समारोहमा बोल्दै प्रमुखअतिथी निरौलाले सबै स्थानीय निकायहरुमा वाणिज्य बंैकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको अभियानमा सहभागी भई स्थानीय निकायहरुमा शाखा कार्यालय खोल्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेकोमा एनआईसी एशिया बैंकको प्रशंसा गरे ।
समारोहमा बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले उपस्थित अतिथीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६४ शाखा कार्यालयहरु, २६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।
बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १३८ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19