काठमाण्डौ । सामान्य जीवनयापनका लागि पनि दैनिक मागेर हिंड्ने अवस्था पीडादायक हुन्छ । बिकल्पहरुको अन्त्य भएपछि मानिसहरु सडकपेटी, मन्दिर मस्जिद तथा गुम्बामा आश्रित हुन पुग्दछन, यही कुरालाई ध्यानमा राखी “सम्मान” नेपालले सडक आश्रित मानवमुक्त अभियान नेपाल सञ्चालन गरेको छ । सो कार्यलाई सफल पार्नको लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत रु. १००,००० (एक लाख) सहयोग उपलब्ध गराएको छ । 

यस्ता सामाजिक काम आगामी दिनमा पनि गर्दै जाने बैंकले जनाएको छ । 

हाल यो बैंकको देशैभर ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुको सञ्जाल रहेको छ ।