काठमाण्डौ । स्वरोजगार लघुवित्त बित्तीय संस्था लिमीटेड १०० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख २४ हजार कित्ता हकप्रद सेयर निश्कासन गर्न चाहेको हो । 

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमीटेडले गर्नेछ । 

हाल यो लघुवित्त कम्पनीको चुक्तापूँजी १० करोड ४९ लाख रुपैयाँ रहेको छ । स्वरोजगारले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट लगानीकर्तालाई १६.६७ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरिसकेको छ । बोनस सेयर र सतप्रतिशत हकप्रदपछि  चुक्तापूँजी २४ करोड ४७ लाखको उचाईमा पुुग्नेछ । 
यो कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ करोड ६९ लाख बराबरको खूद नाफा आर्जन गरेको छ ।