काठमाण्डौ । नेपाल बैंकर्स संघ(एनबिए)ले आफ्ना सबै सदस्य बैंकहरुलाई पत्र पठाउँदै एनआइसी एशिया बैंकलाई अन्तरबैंक कारोबारमा रोक लगाउन आग्रह गरेको छ । 

एनबिए अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेको पत्रमा कार्यसमितिको ९ मार्चमा बसेको ३९८ औं बैठकले एनबिएको अनुशासन समितिको सिफारिसलाई सदर गरी एनआइसी एशियालाई अन्तरबैंक कारोबारमा सहभागी नगराउने निर्णय भएको भन्दै त्यसलाई कडाईपूर्वक लागू गर्न आग्रह गरेको हो । 

एनबिएले पठाएको पत्रको बोधार्थ नेपाल राष्ट्रबैंकलाई समेत दिइएको छ ।  आफ्ना सदस्यहरुलाई एनबिएले गरेको परिपत्र यस्तो छ: