काठमाण्डौ । सनराइज बैंक लिमिटेड तथा गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता भएको छ । 

सनराइज बैंकको केन्द्रीय कार्यालयमा सम्झौता भएको हो ।

यो सम्झौतापछि सनराइज बैंक लिमीटेडका सबै शाखामार्फत गरिमा विकास बैंक लिमीटेडका कुनै पनि ग्राहकहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरका प्रतितपत्र, टि.टी., ड्याप÷डिएए तथा क्रेडिट कार्ड लगायत अन्य विदेशी विनिमयसँग सम्बन्धित सुविधाहरु निर्वाध रुपमा प्राप्त गर्ने सक्नेछन् । 

यसबाट गरिमा विकास बैंकका ग्राहकहरुको बैंकिङ सम्बन्धी सम्पूर्ण आवश्यकताहरु सहज रुपमा पूरा हुने विश्वास बैंकले लिएको छ । 

सम्झौतापत्रमा सनराईज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा गरिमा बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।