काठमाण्डौ । सनराइज बैंकको सहायक कम्पनी सनराइइज क्यापिटल लिमीटेडले सनराइज लगानी व्यवस्थापन सेवा(सनराइज पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसेज) उपलब्ध गराउने भएको छ । 

नेपाल धितोपत्र बोर्डबाट आयोजित प्रथम पूँजीबजार प्रदर्शनीको अवसरमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सनराइज क्यापिटलका संचालकहरुको उपस्थितिमा एक समारोहबीच सो सेवा शुभारम्भ गरियो । 

सनराइज क्यापिटलले लगानी व्यवस्था अन्तरगत डिस्क्रीस्नरी, नन्डिस्क्रीस्नरी तथा कस्टोडियल सेवा उपलब्ध गराउनेछ । सो कार्यक्रममा बताइएअनुसार क्यापिटल लगानी व्यवस्थापनको व्यवसायमा, लामो समयदेखि अनुभव भएका दक्ष जनशक्तिको समूहले सेयर बजारको सुक्षम अध्ययन तथा विषयमा सूचिकृत कम्पनीहरुको विश्लेषण गरी लगानीमार्फत उत्तम प्रतिफल दिने योजना रहेको छ ।