काठमाण्डौ । सनराइज बैंक लिमिटेडले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत वर्षको तुलनामा समीक्षा अवधिसम्म खुद नाफा १९.१२ प्रतिशतले बढाएको छ । दोस्रो त्रैमाससम्म बैंकले ९४ करोड ४३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको हो । गत वर्ष यही अवधिसम्म खुद नाफा ७९ करोड २७ लाख रुपैयाँ रहेको थियो । 

बैंकले दोस्रो त्रैमासम्म वितरणयोग्य मुनाफा ५१ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ ।

दोस्रो त्रैमाससम्म बैंकले सञ्चालन मुनाफाबापत १ अर्ब ३४ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म बैंकले खुद ब्याज आम्दानीबापत २ अर्ब ४ करोड रुपैयाँ कमाएको छ । जुन गत वर्ष यही अवधिसम्म १ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो । यसले बैंकको व्यावसायिक विस्तार आक्रामक देखाउँछ ।

दोस्रो त्रैमासमा बैंकले ८२ अर्ब १५ करोड निक्षेप संकलन गरी ७५ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ७५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकले समीक्षा अवधिमा रिजर्भको आकार २ अर्ब ९३ करोड पुर्याएको छ । गत वर्ष यही अवधिमा बैंकको रिजर्भमा २ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २१.०६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.२१ रहेको छ ।