काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सन्तोषकुमार राठी चयन भएका छन् । 

यो लघुवित्तको संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको फागुन ५ गते बसेको सञ्चालक समितिको ५९० औँ बैठकले सन्तोषकुमार राठी र दिनेश भारीलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाउने निर्णय भएको थियो । सोहीअनुसार लघुवित्त वित्तीय संस्थाको फागुन ८ गते बसेको १६६औँ सञ्चालक समितिको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मका लागि सिफारिस भएर आएका दुवैजनालाई नियुक्त गर्ने निर्णय गरेको हो । 

उक्त सञ्चालक समिति बैठकबाट नै यस संस्थाको नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा सञ्चालक सन्तोषकुमार राठीलाई यस संस्थाको सञ्चालक समितिको अध्यक्ष चयन गरिएको एक विज्ञप्तिमार्फत जनाइएको छ । उक्त पदमा यसअघि सञ्चालकहरु कपिल ढकाल र प्रकाश बराल रहेका थिए।