काठमाण्डौ । विश्वव्यापी महामारी कोरोनाभाइरसको सन्त्रासका बीच नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम सोमबार पनि जारी रहेको छ।
कोरोना रोकथामका लागि सरकारले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन र २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिइसकेको छ। अहिले राजधानीमा मानिसको चहलपहल पनि घटेको छ। तर मानिसको चहलपहल घटे पनि सुनको मूल्यमा भने बढोत्तरी आइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामै ५०० रुपैयाँ बढोत्तरी आएको छ। योसँगै सुन प्रतितोला छापावाल ७७ हजार रुपैयाँ तेजाबी ७६ हजार ७०० रुपैयाँ कायम भएको छ।
यो साता कारोबारको पहिलो दिन आइतबार तोलामै १ हजार रुपैयाँ बढेर सुन प्रतितोला छापावाल ७६ हजार ५०० रुपैयाँ र तेजाबी ७६ हजार २०० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ भने स्थिर रहेको छ। सोमबार चाँदी प्रतितोला ७२० रुपैयाँ कायम भएको छ। आइतबार तोलामा २० रुपैयाँ बढेर चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19