काठमाण्डौ ।साताको पहिलो कारोबार दिन सोमबार सेयरबजार ८.७५ अंकले घटेर २ हजार ६०.१५ को विन्दुमा बन्द भएको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३७ अंकले घटेर ३८५.०७ को विन्दुमा पुगेको छ। 
 

यो कारोबार दिन सोमबार अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन पनि हो । प्रायः जसो नयाँ वर्षमा नेपालको सेयर बजार बढ्ने गरेको इतिहास छ । तर यो वर्षको पहिलो दिन भने सेयर बजार घटेर रातो हुँदै बन्द भएको छ । अर्थात् यो दिनले लगानीकर्तालाई धितोपत्र बजारले रातोकार्पेट बिछ्याएको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये ३०६ वटा कम्पनीका १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर ४ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
 

आजको बजारको विषयमा बजार जानकार महेश रिजाल भन्छन्, ‘पुस मसान्तको प्रभावले बजारमा करेक्सन आएको हो , अझै केहि दिन बजारमा करेक्सन जारी रहन सक्छ,पैसाको व्यवस्थापनको लागि लगानीकर्ताहरुले सेयर बिक्री गरेको हुन सक्दछ ,आज कारोबार र भोलुम पनि राम्रै आएको छ । माघ महिनाबाट अझै ब्याजदर घट्ने कुरा पनि छ ।’
 

उनका अनुसार अर्को साताबाट बजार सम्हालिन सक्दछ ।अर्का बजार जानकार दामोदर गजुरेल पनि पुस महिनाको ब्याजदरको प्रभाव र छोटो समयमा धेरै बढेको बजारमा नाफा बुक आएको बताउँछन् ।

उनी भन्छन्, ‘अझै बजार केहि दिन यस्तै रहेर बजार सम्हालिन सक्छ, प्राविधिक रुपमा पनि बजारमा करेन्सन देखिन्छ, केहि संस्थागत लगानीकर्ताहरु पनि बजार पसेको भन्ने सुुनिन्छ,त्यसैले बजार बढ्नुको विकल्प छैन ।’

आज नेप्से उपसमूहमा रहेका १३ ओटा समूहमध्ये  बैकिंङ, विकास बैंक, लगानी समूह, व्यापार र उत्पादन तथा प्रोसेसिङमा हरियाली छाएको छ भने बाँकीमा अरु समूहमा रातो पोतिएको छ ।
 

यो दिन सबैभन्दा बढी उत्पादन तथा प्रोसेसिङ र लगानी समूह समान १.०७ प्रतिशतले बढेको छ । यसैगरी, व्यापार समूह भने ०.४५ प्रतिशतले बढेको छ ।
 

यो दिन हाइड्रोपावर समूह  सबैभन्दा बढी १.७२ प्रतिशतले घटेको छ ।त्यस्तै होटल्स एन्ड टुरिजम १.६७ प्रतिशतले घटेको छ । यसैगरी,जीवन बीमा समूह १.५८ प्रतिशतले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन पनि पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको २० करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । यसैगरी, सोनापुर आयल एन्ड मिनरल्सकोे २० करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यसैगरी, तेस्रोमा हाथवे इन्भेष्टमेन्ट नेपालको १७ करोड २५लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको  छ।
 

यसैगरी, सानीमा जीआईसी इन्स्योरेन्सको १० करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन ६ ओटा अलग- अलग कम्पनीको सेयरमूल्यमा सकारात्ममक सर्किट लागेको छ ।

यो दिन सीईडीबी हाइड्रोपावर,हिमालयन हाइड्रोपावर,हाथवे इन्भेष्टमेन्ट नेपाल, चिरख्वा हाइड्रोपावर,मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसैगरी, यो दिन मोलुङ हाइड्रोपावरको सेयरमूल्यमा ८.०९ प्रतिशतले घटेको छ ।

त्यस्तै मनकामना इन्जिनियरिङ हाइड्रोपावर र मैलुङखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य क्रमशः  ६.५९ र ६.५५ प्रतिशतले घटेको छ ।