काठमाण्डौ । बेलायती दिग्गज ऊर्जा कम्पनी ब्रिटिस पेट्रोलियम (बीपी) ले सन् २०५० सम्मका लागि तेलको न्यून मूल्यहरु आँकलन गरेको छ।
कोरोना महामारीको परिणामस्वरुप विश्वका विभिन्न देशले कार्बन उत्सर्जनमा कटौती गर्ने योजनाहरु बनाइरहेकाले कम्पनीले यस्तो आँकलन गरेको हो। कम्पनीले तेलको मूल्यमा ३० प्रतिशत कटौतीको पूर्वानुुमान गरेको छ। यसका साथै अहिलेबाट सन् २०५० सम्म ब्रेन्ट क्रुुडको औसत मूल्य ५५ अमेरिकीडलर प्रतिब्यारेल हुुने प्रक्षेपण गरेको छ।
परिणामस्वरुप कम्पनीले आफ्नो सम्पत्तिको मूल्य १३ बिलियनदेखि १७.५ बिलियनका बीच संशोधित गर्ने जनाएको छ। विश्व तेल बजारमा तेलको मागमा आएको व्यापक गिरावटका कारण गत साता कम्पनीले करिब १० हजार काम कटौती गर्ने योजना बनाएको घोषणा गरेको थियो।
कोरोना नियन्त्रण र रोकथामका लागि विश्वका देशहरुले मानिसहरुलाई घरभित्रै बस्ने निर्देशन दिएपछि तेलको मागमा व्यापक गिरावट आएको छ। संकटको उच्च विन्दुुको बेला तेलको मूल्य प्रतिब्यारेल २० डलर पुुगेको थियो। यो मूल्य वर्षको सुुरुआतमा देखिएको ६६ डलरको तुुलनामा एक तिहाइ कम हो।
विश्वभर जारी गरिएका लकडाउनका कारण तेलको मूल्य न्यूनतम विन्दुुमा पुुगेपछि आंशिक पुुनरागमन भएको छ। त्यसपश्चात तेलको मूल्यमा प्रतिब्यारेल ३७ डलरको पुुनरागमन भएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago