काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले सन–नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । 

सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा सन–नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत श्रीराजकुमार अर्यालले हस्ताक्षर गरेका छन् ।