काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पूर्वी पहाडी जिल्लाहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीले संखुवासभाको खाँदबारी र चैनपुर, भोजपुर, तेहथुमको वसन्तपुर तथा धनकुटा कार्यालयहरुमा कार्यक्रम सम्पन्न गरेको हो। ती कार्यक्रम सन नेपाल लाइफका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थिए।
ती कार्यक्रममा बीमाको महत्व र दाबी भुक्तानी कसरी गर्ने तथा जनमानसमा बीमाको प्रभावकारी भूमिकाको सम्बन्धमा विस्तारपूर्वक अभिकर्ताहरुलाई महाप्रबन्धक गौतमले प्रशिक्षण दिएका थिए। ती कार्यक्रमहरुको संयोजन बिर्तामोड शाखाका प्रबन्धक तुलसीनाथ पौडेलले गरेका थिए।
देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19