काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड भइसकेको छ। कम्पनीको आईपीओ धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड भएको हो। 

मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड भएको हो। जसमा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। 

यतिबेला सेयर पाएका सेयरधनीहरुमा कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ओपनिङ रेन्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको छ। 

कम्पनीको सेयरले पहिलो कारोबारका लागि न्यूनतम सेयरभाउ प्रतिकित्ता १५८.४१ रुपैयाँदेखि अधिकतम भाउ प्रतिकित्ता ४७५.२३  रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ। 

नेप्सेले जुन कोही कम्पनीको सेयर पहिलो कारोबारका लागि उक्त कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ (बुक भ्यालु)को आधारमा तीनगुणासम्म भाउ तोक्ने गर्दछ। 

सन नेपाल लाइफको आर्थिक वर्ष २०७८–७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १५८.४१ रुपैयाँ रहेको छ। सोही बुकभ्यालुकै आधारमा उक्त रेन्ज पाउने देखिएको हो।