काठमाण्डौ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आज कैलालीको कैलारी गाउँपालिकामा जीवन बीमासम्बन्धी स्थानीय सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम गरेको छ। 

कम्पनीले कैलारी गाउँपालिकाका अध्यक्ष राजसमज चौधरी प्रमुख अतिथ्यमा कार्यक्रम गरेको हो। कार्यक्रममा वाड नं. १ देखि ९ वडाका अध्यक्ष र स्थानीयको उपस्थिति थियो। 

कार्यक्रममा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिब विपन्न विद्यार्थीहरुलाई सहयोगस्वरुप स्थानीय श्री दीपेन्द्र मावि हसुलियालाई रु २५ हजारको चेक हस्तान्तरण गरेको थियो।