काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको छ। 

कम्पनीको धनगढी शाखाले बीमित धिरज चौधरीका प्रस्तावक स्व हस्तेकुमार चौधरीको गत वर्ष चैत ५ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो। प्रस्तावक हस्तेकुमार चौधरीले धिरजका नाममा बाल समृद्ध जीवन बीमा (१५ वर्षे अवधि)को खोलेका थिए। उनले ४ वार्षिक बीमाशुल्कबापतको ५४ हजार २१२ भुक्तानी गरी बीमांक रु. २ लाखको जीवन बीमा गराएका थिए। 

प्रस्तावक हस्तेकुमार चौधरीको निधनपछि बीमितको संरक्षक आमा सीता चौधरीलाई कम्पनीले मासिक आय सुविधाबापत १६ हजार रुपैयाँ र किरिया खर्चबापत ५० हजार रुपैयाँ गरी ६६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो। उक्त रकम धनगढी शाखाका प्रबन्धक लक्ष्मीकान्त जैसीले हस्तान्तरण गरेका थिए।