काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडका नवनिर्वाचित अध्यक्ष केशवबहादुर रायमाझीले आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममाझ गभर्नर डा.चिरञ्जीवी नेपालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् ।

पुस २९ गते सम्पन्न संचालक समितिको बैठकबाट केशवबहादुर रायमाझी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका थिए ।

साथै, आइतबार नै जनता बैंकमा आयोजित एक कार्यक्रममा २०७४ पुस २८ गते सम्पन्न बैंकको आठौं वार्षिक साधारणसभाबाट निर्वाचित संचालकहरु लङ्कबहादुर के.सी., रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, विनितकुमार अग्रवाल र संजिव न्यौपानेलाई संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले सपथ ग्रहण गराएका बैंकले जनाएको छ ।

सपथग्रहणपश्चात अध्यक्ष रायमाझीले आगामी ५ बर्ष भित्र जनता बैंकलाई अग्रणी बैंकका रुपमा रुपान्तरण गरिने प्रतिबद्धता दोहोर्याए ।