काठमाण्डौ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडको खूद नाफामा पहिरो गएको छ । आर्थिक वर्ष ०७४/७५ को चौथो त्रैमाससम्म यो कम्पनीको खूद नाफा २२ लाख ६७ हजारमा सीमित बन्न पुगेको हो । गत वर्षको तुलनामा नाफातर्फ ५२.७९ प्रतिशतको पहिरो गएको हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको नाफा ४८ लाख माथि थियो ।

कम्पनीको संचालन नाफा पनि घटेको । अघिल्लो वर्ष ५७ लाख ९२ हजार रहेको संचालन मुनाफा बढी ३५ लाख ६३ हजारमा सीमित बन्न पुगेको हो । 

समीक्षा अवधिमा कम्पनीको खूद ब्याज आम्दानी केही बढेको छ । अघिल्लो वर्ष २ करोड २६ लाखमा सीमित यस्तो आम्दानी बढेर २ करोड ५५ लाखको उचाईमा पुगेको हो । 

यो अवधिमा सपोर्टले ७ करोड ३ लाख निक्षेप संकलन गरी तथा ३० करोड ९७ लाख सापटी लिई ३९ करोड ७९ लाख कर्जा परिचालन गरेको छ ।

अघिल्लो वर्ष यही अवधिमा २ करोड ९७ लाख निक्षेप संकलन गरी तथा २३ करोड ५२ लाख सापटी लिई २६ करोड ५६ लाख कर्जा परिचालन गरेको थियो । 

कम्पनीको जगेडाकोष समेत खिइएको छ । अघिल्लो वर्ष ३१ लाख बढी रहेको कोषको आकार घटी ९ लाख २७ हजारमा सीमित बन्न पुगेको छ।

समीक्षा अवधिमा सपोर्टको प्रतिसेयर आम्दानी ३.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १११.२८ रुपैयाँ र मूल्यआम्दानी अनुपात २१६.१४ गुणा कायम भएको छ ।