काठमाण्डौ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले यही पुस २९ गते सुनसरीको इटहरीस्थित होटल पाथीभरा इन्टरनेसनल प्रालिमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ ।

सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १० प्रतिशत बोनस सेयर पारित हुनेछ । संस्थाले चुक्ता चुँजी ६ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६० लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

बोनस सेयर कर प्रयोजनार्थ संस्थाले ०.५२ प्रतिशतले हुन आउने ३ लाख १५ हजार ७८९.४७ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले पुस १४ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुन पुस १३ गतेसम्म संस्थाको सेयरधनी कायम भइसक्नुपर्नेछ ।