काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको मंगलबार (कात्तिक २१ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँको कुल १३.६८४२ प्रतिशतले हुन आउने १ करोड ३० लाख ३२ हजार ५६८.४२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने १ करोड २३ लाख ८० हजार ९४० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.६८४२ प्रतिशतले हुन आउने ६ लाख ५१ हजार ६२८.४२ रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृछिपति आगामी नवौँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गर्ने संस्थाले जनाएको छ।