काठमाण्डौ । सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर सस्तोमै पाउन सकिने अवसर आउँदैछ । यो बैंकले जारी गरेको १ बराबर १ को अनुपातको हकप्रदको क्रममा नभरिएका(दाबी नपरेका) ९७ हजार ५ सय २६ कित्ता सेयर लिलामीमा राख्ने भएको हो ।
बिहीबार बैंकले एक सूचना प्रकाशित गर्दै आगामी चैत १८ गतेदेखि सेयरधनीले नलिएका हकप्रदको लिलामीको प्रक्रिया थालिने बताएको छ । सो दिनदेखि चैत २५ गतेसम्म लिलामीमा सहभागी हुन चाहनेले प्रस्ताव दिइसक्नुुपर्नेछ ।
यो बैंकले २०७३ पुस २४ गतेदेखि १ बराबर १ को अनुपातमा हकप्रद निश्कासन गरेको थियो । सो क्रममा ४० हजार ८ सय २६ साधारण सेयर र ५६ हजार ७ सय कित्ता संस्थापक सेयर बिक्री भएको थिएन ।
लिलामीको प्रस्ताव चैत २५ गतेसम्म लिएर त्यसको नतिजा २७ गते सार्वजनिक गरिनेछ । लिलामीमा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम प्रति कित्ता १ सय दर राख्नैपर्नेछ, यसको अर्थ न्यूनतम १ सय रुपैयाँ भन्दा केही बढीको बोल लगाउनुपर्नेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १ सय कित्तामा बोल लगाउनैपर्ने नियम समेत राखिएको छ ।
एनएमबी क्यापिटल लिमीटेड बिक्री नभएको हकप्रद लिलामीको प्रक्रियाका लागि बिक्री प्रबन्धक तोकिएको छ ।
बैंकले लगानीकर्ताहरुलाई चैत २५ गते दिउँसो १ः३० बजेसम्म एनएमबी क्यापिटलको काठमाण्डौ, नागपोखरीस्थित मुख्य कार्यालय तथा सप्तकोसी डेभलपमेन्ट बैंकको विराटनगरस्थित मुख्य कार्यालयमा गएर आफ्नो प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ ।
यो बैंकको अन्तिम सेयर कारोबार मूल्य प्रति कित्ता २ सय ५५ रुपैयाँ रहेको छ ।
यो बैंकले ११ प्रतिशत बोनस सेयर समेत वितरण गर्नेछ । सतप्रतिशत हकप्रदको व्यवस्थापन भइसकेपछि फेरि १ सय ३० प्रतिशत हकप्रद ल्याउने बैंकको योजना छ । यसरी एकपटकको बोनस र दुुई पटकको हकप्रद जारी गरेपछि बैंकको चुक्तापूँजी साढे ४८ करोड भन्दा माथि पुुग्नेछ।
नेपाल राष्ट्रबैंकले १ देखि ३ जिल्ले विकास बैंकले आगामी असार मसान्तभित्र ५० करोड चुक्तापूँजी पुर्याउनुपर्ने व्यवस्था गरेको छ । दुुईपटकको हकप्रद निश्कासनको साहाराले यो बैंकले केन्द्रीय बैंकले तोकेको चुक्तापूँजी पुर्याउने देखिन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago