काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक १ बराबर १.३(१३० प्रतिशत)को अनुपातमा हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेको छ ।

यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल २७ लाख ४३ हजार कित्ता हकप्रद निश्कासनको स्वीकृतिका लागि आवेदन दिएको हो ।

बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेड रहनेछ । हाल यो बैंकको चुक्तापुँजी २१ करोड १० रुपैयाँ रहेको छ । १३० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापुँजी ४८ करोड ५३ लाख पुग्नेछ । नेपाल राष्टबैंकले १ देखि ३ जिल्ले विकास बैंकले ०७४ असार मसान्तभित्र चुक्तापुँजी ५० करोड पुर्याउनुपर्ने नीति लिएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकलाई सो नीति अनुसार तोकिएको पुँजी पुर्याउन हकप्रदपछि निकै सहज हुने देखिन्छ ।